देश/प्रदेश

एकैपटक ९५८ प्रहरी निरीक्षकको सरुवा, ६४ जनाको पदस्थापन

By खबरहब

August 15, 2023

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले एकै पटक ठूलो सङ्ख्यामा प्रहरी निरीक्षकहरूको सरुवा गरेको छ । 

प्रहरी महानिरीक्षक वसन्त कुँवरले आज एकैपटक ९५८ जना प्रहरी निरीक्षकको सरुवा गरेका हुन् । 

विभिन्न ठाउँमा काजमा रहेकाहरूलाई समेत सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

त्यस्तै वरिष्ठ सईबाट निरीक्षकमा बढुवा भएका ६४ जनाको पदस्थापन भएको छ ।