देश/प्रदेश

भारतको स्वतन्त्रता दिवसमा प्रधानमन्त्री प्रचण्डबाट बधाइ तथा शुभकामना

By खबरहब

August 15, 2023

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको ७७औँ स्वतन्त्रता दिवसको अवसरमा बधाइ तथा शुभकामना व्यक्त गरेका छन् ।

आज सामाजिक सञ्जाल ट्विटरमार्फत उनले भारतीय समकक्षी नरेन्द्र मोदी र सम्पूर्ण भारतीय नागरिकमा शुभकामना व्यक्त गरेका हुन् ।

बधाई तथा शुभकामना सन्देशमा प्रधानमन्त्री प्रचण्डले भारत र भारतीय जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामना गरेका छन् ।

भारतले हरेक वर्ष अगष्ट १५ का दिन स्वतन्त्रता दिवस मनाउँदै आएको छ ।