सांकेतिक तस्वीर

देश/प्रदेश

अरिङ्गालले टोकेर एक जनाको मृत्यु

By खबरहब

August 15, 2023

गुल्मी– गुल्मीमा अरिङ्गालले टोकेर मुसिकोट नगरपालिका–४ का २१ वर्षीय शैलेससिंह ठकुरीको मृत्यु भएको छ ।

सोमबार अरिङ्गालले टोके पनि मंगलबार बिहान उनलाई गुल्मी अस्पताल लगिएको थियो ।  तर, उपचारका क्रममा उनको गुल्मी अस्पतालमा मृत्यु भएको हो । 

सोमबार बेलुका देविस्थान सामुदायिक जंगलमा सल्लाको बोटमा रहेको अरिङ्गागालको गोलो पोल्ने क्रममा उनलाई टोकेको थियो ।