सांकेतिक तस्बिर

प्रवास

मलेसियामा एक नेपाली युवा बेपत्ता

By खबरहब

August 15, 2023

दोहा– वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका एक नेपाली युवा बेपत्ता भएका छन् । विगत १ वर्षदेखि मलेसियामा बेपत्ता भएका बारा जिल्लाको साविक पिपरा सिमरा गाउँ विकास समिति र हालको जितपुर सिमरा उपमहानगरपालिका वडा नं ८ का रमेश लाल बछारलाई भेटाएमा खबर गर्न मलेसियास्थित नेपाली दूतावासले आग्रह गरेको छ । 

दूतावासका अनुसार बछार मलेसियाको अफ्रा सर्भिसेस एसडीएन बीएचडीमा कार्यरत रहेको र विगत एक वर्षदेखि परिवारको सम्पर्कमा नरहेको जनाएको छ । रोजगारदाता, उनका साथीहरू तथा मलेसियन प्रहरी समेत खोजीकार्य गर्दा फेला नपरेको दूतावासले जनाएको छ ।

उनको खोजी कार्यमा सहयोग पुग्ने केही जानकारी भए वा चौधरीलाई देखेमा परिवारको सम्पर्क ००९७७९८६५४१५८५५ अथवा ००९७७९८६३७८९००३ मा जानकारी गराई दिन दूतावासले अनुरोध गरेको छ । साथै, कार्यालयको हटलाइन नम्बर ०१६-२४७२७७७ मा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ ।

रोजगारीकै लागि लाखौँ नेपालीहरू मलेसिया जाने गरिरहन्छन् । त्यहाँ पुगेका केही नेपाली भने परिवारको सम्पर्कबाट टाढा हुने गरेको विभिन्न घटना क्रम र अध्ययनहरूले देखाएका छन् ।

रोजगारीको क्रममा विभिन्न मुद्दामा जेल पर्नु, प्रेम सम्बन्ध, पारिवारिक मनमुटाव, मृत्यु, दुर्घटनामा पर्नु, घरेलु कामदारको हकमा रोजगारदाताले बन्दी बनाउनु, व्यक्तिगत चाहना लगायत कारणबाट त्यहाँ पुगेका नेपालीहरू परिवारको सम्पर्कमा नआएका बुझिएको छ । 

पछिल्लो समय रोजगारीका लागि मलेसिया पुगेका धेरै नेपाली युवाहरू बेपत्ता हुने क्रम बढेको देखिन्छ ।