ब्रेकिङ स्टोरी

बरामद भएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम

By खबरहब

August 15, 2023

काठमाडौँ– नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले भन्सार कार्यालयबाहिरबाट बरामद भएको सुन ६० किलो ७१६ ग्राम रहेको जनाएको छ ।

मंगलबार महाशाखामा सुनलाई पूर्णरुपमा गाल्दै जर्ती निकालेर जोख्दा ६० किलो ७१६ ग्राम तौल भएको हो । सुन गालिएपछि महाशाखाका निर्देशक थानेश्वर आचार्यले सुन तस्करी काण्डमा टक्सारमा ल्याँउदा १५५ किलो भएकोमा ब्रेक सु र कार्टुनबाट निकाल्दा ६० किलो ७७९ ग्राम भएको र गालेपछि ६० किलो ७१६ ग्राम तौल आएको जानकारी दिए ।

उनले गालिएको सुनलाई ३४ वटा बिस्कुट बनाइएको र जर्ती ७३ ग्राम निस्किएको बताएका छन् । सुन गालिएसंगै अव गुणस्तर परिक्षण हुने उनको भनाइ छ । 

साउन तीन गते राजस्व अनुसन्धान विभागले काठमाडौंको सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट सुनसहितको एक सय ५५ किलो ‘ब्रेक सु’ बरामद गरेको थियो । त्यसपछि उक्त सुनसहितको ‘ब्रेक सु’ टक्सार महाशाखामा राखिएको थियो । सुन तस्करी प्रकरणको सीआईबीले अनुसन्धान गरिरहेको छ ।