फाइल तस्वीर

ब्रेकिङ स्टोरी

महरा बाबुछोरामाथि पनि छानबिन हुन्छ : प्रधानमन्त्री प्रचण्ड

By खबरहब

August 15, 2023

काठमाडौँ- प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलमाथि पनि छानबिन हुने बताएका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकारहरुसँगको कुराकानीका क्रममा प्रधानमन्त्री प्रचण्डले सुन तस्करी काण्डमा संलग्न रहेको आरोप लागेका महरा बाबुछोरामाथि छानबिन हुने बताएका हुन् ।

उनले महरा बाबुछोरामाथि छानबिन गर्न निर्देशन दिइसकेको उल्लेख गर्दै आजभोलिमै छानबिन प्रक्रिया अघि बढ्ने जानकारी दिए ।

सुन तस्करी काण्डमा मुछिएका चिनियाँ नागरिक वाङसँग पूर्वसभामुखसमेत रहेका कृष्णबहादुर महरा र छोरा राहुलको साँठगाँठ रहेको आरोप लागेको छ ।

उनीहरुले वाङसँग २३४ पटकभन्दा धेरै टेलिफोन सम्पर्क गरेको खुलासा भइसेको छ । यद्यपि महराले भने वाङ फलफूल व्यापारी रहेको र फलफूल व्यापारीकै नाताले आफू उनीसँग सम्पर्कमा रहेको जिकिर गरेका छन् ।