ब्रेकिङ स्टोरी

दक्षिणपन्थी सरकार बनाउन उहिले माधव नेपालले मलाई पार्टीबाट निकाल्ने षडयन्त्र गरे : ओली

By खबरहब

August 15, 2023

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दक्षिणपन्थी सरकार बनाउन आफूलाई पार्टीबाटै निकाल्ने षडयन्त्र भएको बताएका छन् ।

मंगलबार काठमाडौंमा बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले तत्कालीन अवस्थामा पार्टीको वरिष्ठ नेता हुँदाहुँदै माधव नेपालले आफूलाई पार्टीबाट निकाल्ने षडयन्त्र गरेको र दक्षिणपन्थी सरकार बनाउन खोजेको बताएका हुन् ।

आफूलाई पार्टीबाट निकाल्ने षडयन्त्र असफल भएपछि माधव नेपालले प्रतिक्रियावादी, दक्षिणपन्थी सरकार बनाउन मद्धत गरेको उनले बताए । दुई तिहाइ कम्युनिस्ट पार्टीको सरकार ढालेर पार्टीमा बसेर सरकार गिराउन भोट दिएको ओलीको भनाइ छ ।

अध्यक्ष ओलीले वामपन्थी चिन्तनलाई अहिले यथास्थीतिवादी प्रतिकृयावादीहरुले सुन्न पनि नचाहेको बताए । साइनबोर्ड वामपन्थी राखेर स्वार्थ बोकेकाहरुले दक्षिणपन्थी झोला बोकेको उनले टिप्पणी गरे ।

कार्यक्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बिभिन्न दलबाट आएका नेता तथा कार्यकर्तालाई पार्टीको बिचार र बुझाइमा एकरुपता ल्याउन चुनौती रहेको भन्दै प्रशिक्षणमार्फत यसलाई समाधान गर्नुपर्ने धारणा राखे ।