खेलकुद

नेपालका अशोक खड्काले मंगोलियामा हुने इस्ट एसियन युथ गेम्समा तेक्वान्दो खेलाउने

By खबरहब

August 15, 2023

काठमाडौँ– अशोक खड्काले मंगोलियामा हुने इस्ट एसियन युथ गेम्स २०२३ मा खेल सञ्चालन गर्ने भएका छन् ।

नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक समेत रहेका खड्का ओलम्पिक काउन्सिल अफ एसिया र मंगोलियाको खेलकुद मन्त्रालयको संयुक्त आयोजनामा हुने सो खेलकुद प्रतियोगितामा तेक्वान्दोतर्फ निर्णायकका लागि दक्षिण एसियाबाट रेफ्रीको रुपमा चयन भएका हुन् ।

प्रतियोगिता अगष्ट १६ देखि २२ सम्म हुनेछ । प्रतियोगितामा पुरुष ५ र महिला ५ गरी १० स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ ।

अशोक हाल दक्षिण कोरियामा रहेका छन् । अशोक दक्षिण कोरियाबाटै मंगोलियाको उलानबाटर प्रस्थान गर्नेछन् ।