राजनीति

कांग्रेस सांसद डा. शर्माको प्रमाणपत्र छानबिनको माग गर्दै अखिल क्रान्तिकारीको प्रदर्शन

By खबरहब

August 15, 2023

काठमाडौँ- नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माको प्रमाणपत्र छानबिनको माग राख्दै नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको एक समूहले काठमाडौंमा प्रदर्शन गरेको छ ।

सुनिल शर्माको प्रमाण पत्र नक्कली भएको भन्दै छानबिनको माग गर्दै अखिल क्रान्तिकारीको पवन कार्की समूहले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरको हो । प्रदर्शनकारीले शर्मालाई कारवाही गर्न समेत माग गरेका छन् ।

प्रदर्शनमा सहभागीहरुले शैक्षिक माफियाहरु होसिया, नक्कली डाँक्टर चाहिदैन, देश लुट्न पाइदैन, भ्रष्टाचारी जोगाउन संसद अवरद्ध गर्नेहरु होसियारलगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।