राजनीति

आज राप्रपा नेपालले काठमाडौंमा प्रदर्शन गर्ने

By खबरहब

September 15, 2023

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आज विरोध प्रदर्शन गर्दैछन् । 

भर्खरै संवैधानिक राजतन्त्रको एजेन्डामा फर्किएको कमल थापा नेतृत्वको राप्रपा नेपालले काठमाडौंमा प्रदर्शन गर्न लागेको हो ।

संवैधानिक राजतन्त्रको पुनर्स्थापना, हिन्दु राष्ट्रको माग र संघीयताको खारेजी तथा भ्रष्टाचारको विरोधमा राप्रपा नेपालले काठमाडौंमा प्रदर्शन गर्न लागेको सो पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । 

उनका अनुसार भदौ २९ गते दिउँसो १ बने भद्रकालीबाट प्रदर्शन सुरु हुने र भृकुटीमण्डपमा आएर विरोधसभामा परिणत हुनेछ । उक्त सभालाई अध्यक्ष थापालगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।