ब्रेकिङ स्टोरी

केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइयो

By खबरहब

September 15, 2023

काठमाडौँ- केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले पेश गरेको केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।

बैठकमा सभामुख देवराज घिमिरेले इलाम क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको भदौ २६ गते निधन भएपछि उक्त पद रिक्त रहेको जानकारी गराए । प्रतिनिधिसभाको अर्को बैठक आगामी असोज १४ गते बोलाइएको छ ।