सांकेतिक तस्बिर

देश/प्रदेश

चोरी गरेको अभियोगमा तीन जना पक्राउ

By खबरहब

September 15, 2023

काठमाडौँ- चोरी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।

प्रहरीले पोखराबाट नगद २ हजार नेपाली रुपैयाँ र ७ हजार ३ सय ९० बंगलादेशी टाकासहित तीन जनालाई पक्राउ गरेको हो ।

सोही ठाउँस्थित बंगलादेशी नागरिकको जेसीसी रिसोर्टको कोठाबाट नगद ७५ हजार नेपाली रुपैयाँ, ३० हजार बंगलादेशी टाका र २ सय अमेरिकी डलर चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय शिशुवाबाट खोजी तथा अनुसन्धानमा खटिएको प्रहरीले उनीहरुलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।