सांकेतिक तस्बिर

देश/प्रदेश

सूर्यविनायकको झोलुङ्गे पुलमुनी युवकको शव फेला

By खबरहब

September 15, 2023

काठमाडौँ- भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं १० चित्तापोलस्थित झोलुङगे पुल तलको भित्री सडकखण्डमा शुक्रबार एक युवक मृत अवस्थामा फेला परेका छन् ।

सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका वडा नं. ३ घर भई हाल काभ्रेपलाञ्चोक बनेपा नगरपालीका वडा नं. १३ नयाँबस्ती सागाँ बस्ने वर्ष २३ का शैलेस भारती मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त जगातीबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई गई घटनास्थल शव जाँच मुचुल्का गरिएको भक्तपुर प्रहरी परिसरले जनाएको छ । सोही क्रममा पुलमा १ जोर जुत्ता, १ वटा मोजा र मृतक नजिक अर्को १ वटा मोजासमेत भेटिएको परिसरका सूचना अधिकृत वसन्त पाठकले बताए ।