सांकेतिक तस्बिर

देश/प्रदेश

स्रोत नखुलेको १३ लाख ७० हजार रुपैयाँसहित एक जना पक्राउ

By खबरहब

September 15, 2023

महोत्तरी- महोत्तरीमा स्रोत नखुलेको १३ लाख ७० हजार रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको मटिहानी नगरपलिका ८ बस्ने ४० वर्षीय नवीन साह रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी मटिहानीबाट संयुक्त रुपमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज १० प ३५४१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनलाई उक्त रकमसहित पक्राउ गरेको हो ।