सांकेतिक तस्बिर

देश/प्रदेश

भक्तपुरमा युवको शव फेला

By खबरहब

September 15, 2023

काठमाडौं – भक्तपुरको सूर्य विनायक नगरपालिका–१० चित्तापोलस्थित झोलुंगे पुल तलको भित्री सडक खण्डमा एक पुरुषको शव फेला परेको छ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–३ घर भई हाल काभ्रेपको बनेपा–१३ नयाँ बस्ती साँगा बस्ने २३ वर्षीय सैलेश भारतीको शव फेला परेको प्रहरीले जनाएको छ।

पुलमा १ जोर जुत्ता, एउटा मोजा र मृतक नजिक अर्को एउटा मोजा फेला परेको प्रहरीले जनाएको छ। समेत रहेको परिसरका सूचना अधिकृत वसन्त पाठकले बताए । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ।