फाइल तस्वीर

देश/प्रदेश

प्रधानमन्त्री प्रचण्ड भोलि धनगढी जाने, यस्तो छ कार्यतालिका

By खबरहब

October 15, 2023

काठमाडौँ- प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि कैलालीको धनगढी जाने भएका छन् ।

समाजवादी मोर्चाको भेलालालाई सम्बोधन गर्न प्रचण्ड भोलि बिहान सवा नौ बजे श्री एयरको उडानबाट धनगढी पुग्ने कार्यतालिका रहेको छ ।

उनी धनगढीबाट सीधै लम्की प्रस्थान गर्नेछन् । लम्कीमा माओवादी प्रदेश उपाध्यक्ष स्वर्गीय महेश बडुवालको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा सहभागी भएर प्रधानमन्त्री प्रचण्डले घोडाघोडी नगरपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

१२ देखि १ बजेको बीचमा गौरीगङ्गा नगरपालिकाको भवन उद्घाटन गरेर उनले करिब दुई बजे धनगढीमा समाजवादी मोर्चाको भेलाई सम्बोधन गर्नेछन् । भोलि नै बेलुकी साढे पाँच बजे उनी श्री एयरलाइन्सको उडानबाटै काठमाडौं फिर्ता हुने कार्यतालिका रहेको छ ।