जीवनशैली

उडेको चराको दिसा शरीरमा पर्नु शुभ कि अशुभ?

By खबरहब

December 15, 2023

काठमाडौं– हामी कुनै कारणवश वा काममा बाहिर निस्किने बेलामा संयोगवश शरीरमा पंक्षीहरुको दिसा पर्याे भने त्यसलाई अशुभ भन्ने गरिन्छ । 

यसको कारण के होला त धेरैलाई यसको बारेमा थाहा नभई पनि यसलाई अशुभ ठानेर डराउने पनि धेरै देखिन्छ । 

शरीरमा त्यसमा पनि टाउकोमा चराको दिसा पर्नुलाई  निकै नै अशुभ मानिन्छ । त्यसरी शरीरमा पंक्षीको दिसा परेको बेला  रिस पनि उठ्छ । 

ज्योतिषशास्त्रअनुसार यसरी उडिरहेको चराले मानिसको जिउमा दिशा गर्नुलाई शुभ मानिएको छ ।

ज्योतिषशास्त्र संयोगवश चरा चुरुंगीले शरीरमा बिस्ट्याउदा धन लाभ हुने सङ्केत गर्छ । उक्त दिन शुभ समाचार आउने र लामो समय देखि रोकिएर बसेका कामहरू पुरा हुने सङ्केत गरेको भन्ने उल्लेख गरिएको छ ।  

चरा आफू गएको दिशातिर जान्छ वा दाहिने दिशातर्फ नगई उल्टो वा देब्रे तर्फ गएको देख्नु भयो भने यात्रा गर्न नहुने तथा अशुभमानिने शास्त्रमा उल्लेख गरिएको छ ।