अन्य

प्रशिक्षक नै चिन्दैन नेपाली खेलकुद

By मनोज घिमिरे

December 15, 2023

मलेसियामा भएको एसियाली राष्ट्रको नेपाली महिला टोली विश्वकप छनोटमा थाइल्यान्डसँग पराजित भएर बाहिरिएको छ। मुख्य प्रशिक्षक श्यामसङ जंग थापा धेरै पटक नेपाल क्रिकेट सङ्घ (क्यान) पूर्वाग्रही भएको गुनासो गर्दै आएका थिए । उनलाई त्यसै हारका कारण क्रिकेट टोलीको जिम्मेवारी बाट हटाउने सम्भावना धेरैले व्यक्त गरेका छन्। ठिक उल्टो नेपाली क्रिकेटमा टोली हारिरहेको समयमा पनि सम्बन्धित टोलीको प्रशिक्षकले बारम्बार जिम्मेवारी पाउने विगत छ।

उदाहरण क्रिकेटको मात्र होइन, अन्य धेरै खेलमा त्यस्तै छ। नेपाली खेलकुदमा प्रशिक्षकलाई जिम्मेवारी दिइने सवालमा न त योग्यता हेरिन्छ, नत क्षमता, न त वरिष्ठता नै।

एथलेटिक्स प्रशिक्षक सुशील नरसिंह राणा आइएएफ लेक्चर हुन्। उनले प्रशिक्षण गराएका धेरै देशका राष्ट्रिय टोलीको प्रशिक्षक भइसकेका छन्। धेरै जना सेवा निवृत्तलाई पनि अवसर दिइने गरेको नेपाली खेलकुदमा राणालाई परिषद्ले कुनै जिम्मेवारी दिनु आवश्यक ठानेको छैन।

क्रिकेटको मात्र होइन, अन्य धेरै खेलमा त्यस्तै छ। नेपाली खेलकुदमा प्रशिक्षकलाई जिम्मेवारी दिइने सवालमा न त योग्यता हेरिन्छ, नत क्षमता, न त वरिष्ठता नै।

नेपाली उसुमा आर्मी क्लबको आधा दशक भन्दा बढी बलियो प्रभाव र पकड छ। हाल नेपाल उसु महासङ्घका उपमहासचिव समेत रहेका राजीव महर्जनको प्रशिक्षणमा आर्मी क्लब छ। उनी स्वयंसेवक प्रशिक्षक हुन्। उनले राखेपमा रोजगारीको अवसर नपाएका हुन् या सरकारले चासो दिएन भन्ने विषय अनुत्तरित छ। उनी अहिले पितृ शोकमा छन्।

राष्ट्रिय खेलकुद परिषद् तालिम तथा प्रशिक्षण विभागले सबै मुख्य प्रशिक्षकलाई एक सातामा रिपोर्ट प्रस्तुत गर्न सर्कुलर जारी गरेको छ।

तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठको गुनासो छ, ‘काम गर्ने अवसर नै छैन। रिपोर्ट कसरी ?’ नेपाल तेक्वान्दो सङ्घसँग विवाद बढेपछि श्रेष्ठले कुनै कामको अवसर पाएका थिएनन्। लामो समय ओरालो लागेको नेपाली तेक्वान्दोमाथि उठ्ने क्रममा १३ औं दक्षिण एसियाली खेलकुदमा नवीन नै मुख्य प्रशिक्षकको रूपमा जिम्मेवारी सम्हालेका थिए।

दीपक विष्ट सन् २००८ को बेइजिङ ओलम्पिकमा छनोट हुँदा श्रेष्ठ नै प्रशिक्षक थिए। हालै विष्ट राष्ट्रिय टिम तयारी समितिका संयोजक भएका छन्। श्रेष्ठले सञ्चालन गरेको कोटेश्वर तेक्वान्दो डोजाङले नै तेक्वान्दोमा बलियो प्रभाव राखेको थियो।

नेपाली तेक्वान्दोमा सँगिना वैद्यको प्रशिक्षणमा घरेलु प्रतियोगितामा आर्मी क्लबले धेरै पटक उपाधि जितेको थियो। पुम्से विधाको उपस्थितिसँगै पुलिस क्लब नेपाली नभई कोरियाली प्रशिक्षकको प्रशिक्षणमा उदाएको थियो।

दीपक विष्ट सन् २००८ को बेइजिङ ओलम्पिकमा छनोट हुँदा श्रेष्ठ नै प्रशिक्षक थिए। हालै विष्ट राष्ट्रिय टिम तयारी समितिका संयोजक भएका छन्। श्रेष्ठले सञ्चालन गरेको कोटेश्वर तेक्वान्दो डोजाङले नै तेक्वान्दोमा बलियो प्रभाव राखेको थियो।

पुलिससँग नोर्बु लामा प्रशिक्षक रहेको स्युचाटार तेक्वान्दो डोजाङ पनि प्रभावकारी रहेको छ। नेपालका थुप्रै सिनीयर तेक्वान्दो प्रशिक्षक भन्दा पछिल्लो पुस्ताका उज्ज्वल श्रेष्ठको प्रशिक्षणमा रहेको गोदावरी मार्सल एकेडेमीको प्रभाव जुनियर पुम्सेमा बढ्दो छ। यसरी निरन्तर प्रशिक्षण गराएर खेलाडी उत्पादन गर्ने र नगर्ने बिचको फरक न त संघले देखेको छ। नत सरकारले।

राज्यको नीतिहीनता हरेक खेलमा उत्तिकै देखिएको छ। यसको असर नेपाली खेलकुद अहिले ‘ब्रेन ड्रेन’को समस्याबाट ग्रसित छ। ६० को दशकमा नेपाली जुडोमा पर्सा जिल्लाको एकाधिकार जस्तै थियो। राजेश कर्माचार्यको प्रशिक्षणमा पर्साले सफलता पाएको थियो। उनी नेपाली खेलकुदबाट आजित भएर अमेरिका पुगेका छन्। अमेरिकामा पनि उनी जुडोमा सक्रिय छन्।

नेपाली करातेमा सबै भन्दा धेरै राष्ट्रिय खेलाडी उत्पादन गर्नेमा बालाजु कराते एकेडेमीलाई सबैले सम्झने गरेका छन्। यसरी धेरै खेलाडी उत्पादन गर्ने काममा श्याम सुनुवारको भूमिका महत्त्वपूर्ण थियो। सुनुवार अहिले च्याम्पियन्स मार्सल आर्ट एकेडेमीमा आबद्ध छन्।

नेपालले यसै वर्ष एसियाली खेलकुदमा करातेमा रजत पदक जितेको थियो। सो पदकमा महत्त्वपूर्ण भूमिका निर्वाह रहेका प्रशिक्षक कुशल श्रेष्ठले भीमसेन गोला कराते डोजो स्थापना गरेको धेरै भएको छैन।

स्थापनाको छोटो समयमा नै भीमसेन गोलाले जुनियर तहमा थुप्रै सफलता पाएको छ। भीमसेन गोलाको सो सफलतामा कराते परिवार र राज्यले कसरी हेरेको छ पत्तो छैन।

विश्व सितेरियो कराते च्याम्पियनसिपको सफलतासँगै एसियाली खेलकुदमा रजत पदकको सफलता पाउने एरिका गुरुङ मनमैजु कराते डोजोको उत्पादन हुन्। उनको सफलतामा जस लिने होडबाजी चली रहँदा मनमैजुको स्थापना गर्न र माथिल्लो उचाइमा लैजान भूमिका रहेका नीरज महर्जन भने विदेशमा छन्। उनी रोजगारीको सिलसिलामा क्यानडा पुगेका हुन्।

नेपालले यसै वर्ष एसियाली खेलकुदमा करातेमा रजत पदक जितेको थियो। सो पदकमा महत्त्वपूर्ण भूमिका निर्वाह रहेका प्रशिक्षक कुशल श्रेष्ठले भीमसेन गोला कराते डोजो स्थापना गरेको धेरै भएको छैन।

मनमैजुकै उत्पादन सुनिता महर्जनले यसअघि दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेकी थिइन्। नीरज भने बारम्बार नेपाली करातेमा गुमनाम रहे। नेपाली खेलकुदमा चलेका यी विकृतिको बारे सबै आवाज मौन रहनुको दुई कारण प्रस्ट छ। कुनै पनि खेलमा सम्बन्धित खेल सङ्घको शक्ति अत्यधिक हुने भएका कारण विद्रोहको साहस धेरैमा छैन।

खेलाडीको हकमा भने खेलकुदमा आबद्ध धेरै जना विभागीय शक्तिमा आबद्ध छन्। यस बारेमा राष्ट्रिय खेलकुद परिषद् तालिम तथा प्रशिक्षण विभागका प्रमुख प्रचण्ड शर्मा आफूले गर्ने निर्णयमा नीतिगत अडान कायम रहने र अन्यले गर्ने निर्णयको जिम्मेवार सम्बन्धित व्यक्ति या निकाय नै हुने बताउँछन्।

प्रशिक्षकको योग्यता र क्षमताको मापन न त सरकार न त सरोकार वाला संघले नै लिने गरेको छ। यसको उदाहरण ब्याडमिन्टन खेलमा पछिल्लो समय सबैभन्दा धेरै राम्रा खेलाडी उत्पादन गर्ने कठायत ब्याडमिन्टन ट्रेनिङ सेन्टर हो। सो सेन्टरका प्रशिक्षक गौतम कठायत ए लेभलका प्रशिक्षक हुन्। उनका लागि लेभल टु कोर्स गराउन समेत संघले कुनै पहल गरेको छैन। यी केही उदाहरण हुन्। नेपाली खेलकुदमा योग्यता, दक्षता र श्रमको कुनै कदर नभएको अन्य थुप्रै उदाहरण छ।

चीनको ह्वाङझाउमा यसै वर्ष भएको एसियाली खेलकुदमा नेपालले दुई पदक जितेको थियो। त्यसको प्रचार प्रसारमा रमाउने राष्ट्रिय खेलकुद परिषद् थुप्रै खेलमा भएको कमजोर प्रदर्शन लुकाउन व्यस्त छ। त्यसको कारण प्रशिक्षक या सङ्घ नेतृत्वको पूर्वाग्रह भएको भन्ने कुराको कुनै यकिन छैन।

चीनको ह्वाङझाउमा यसै वर्ष भएको एसियाली खेलकुदमा नेपालले दुई पदक जितेको थियो। त्यसको प्रचार प्रसारमा रमाउने राष्ट्रिय खेलकुद परिषद् थुप्रै खेलमा भएको कमजोर प्रदर्शन लुकाउन व्यस्त छ।

तेक्वान्दो प्रशिक्षक नोर्बु भने धेरै प्रशिक्षक बिना कुनै काम तलब पाउने गरेको कुरा स्वीकार गर्छन्। उनी आफू अन्तरगतका खेलाडीको भविष्यका कारण सधैँ मेहनतमा प्रतिबद्ध रहेको दाबी गर्छन्।

समग्रमा मेरिट सिस्टम भन्दा बढी रिफर सिस्टममा चलेको नेपाली समाजको एउटा खराब दृश्य खेलकुदमा पनि देखिएको छ। रिफरको कारण जे भए पनि योग्यता, दक्षता र वरिष्ठता बाहेक अन्य हुनु साँच्चै दुःखद हो।