सांकेतिक तस्बिर

देश/प्रदेश

धनुषामा बालिकाको शव नग्न अवस्थामा फेला, बलात्कारपछि हत्याको आशंका

By खबरहब

December 15, 2023

काठमाडौँ– धनुषामा बुधबार साँझदेखि हराइरहेकी बालिकाको शव नग्न अवस्थामा पोखरीमा फेला परेको छ। 

धनुषाको सबैला नगरपालिका ९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको शव सतोखर पोखरी नजिक पानी जमेको खाल्डोमा नग्न अवस्थामा फेला परेको हो  । शवको प्रकृति हेर्दा बलात्कार गरी उनको हत्या गरिएको हुन सक्ने प्रहरीले जनाएको छ । 

शवको प्रकृतिले घटना शंकास्पद देखिएको तर पोस्टमार्टमपछि मात्रै बलात्कार गरेर हत्या भए-नभएको खुल्ने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ

राखी विवाहपञ्चमीको अवसरमा मटकोरको लागि निकालिएको रथ यात्रामा गएकी ती बालिका बुधबार साँझबाट बेपत्ता भएकी थिइन्।