देश/प्रदेश

धनुषामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

By खबरहब

December 15, 2023

काठमाडौँ– धनुषामा सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । 

तीन जना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा धनुषाको कमला नगरपालिका ८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका १ का ३० वर्षीय जयकुमार सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।   उनीहरु दुवै जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रहरीका अनुसार मोटरसाइकलमै सवार जनकपुरधाम उपमहानगरपालिका १२ का शत्रुधन सहनी गम्भीर घाइते छन् । उनलाई उपचारका लागि काठमाडौंको न्युरो अस्पताल ल्याइएको छ ।

आज बिहान करिब ३ बजेको समयमा जनकपुरधामबाट ढल्केबर तर्फ जाँदै गरेको प्रदेश २–०२–००२ प ४०९२ नम्बरको मोटरसाइकल लक्ष्मीनियाँ गाउँपालिका ४ सपहीमा अनियन्त्रित भएर दुर्घटना भएको थियो  ।