प्रतीकात्मक तस्वीर ।

समाचार

सिरहामा ११ लाख बराबरको धनमाल चोरी

By खबरहब

December 15, 2023

सिरहा– गोलबजार नगरपालिका (४ बाहुन टोल) बस्ने ५० वर्षीय प्रबिन कुमार कोइरालाको घरबाट करिब १० लाख ९२ हजार ५ सय रुपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ ।

घरमा कोही नभएको अवस्थामा नगद २० हजार रुपैयाँ, १० तोला बराबरको सुनको गरगहना र २५ तोला बराबरको चाँदीका गरगहना गरी उक्त रुपैयाँ बराबरको धनमाल चोरी भएको बताइएको छ ।

चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।