अपराध

अवैध हतियार र लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ 

By खबरहब

December 15, 2023

काठमाडौँ–  भक्तपुरबाट अवैध हतियार र लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् ।

बिहीबार सुर्यविनायक- १० नलिन्चोक एरियामा अवैध हतियार तथा लागूऔषधको ओसारपसार तथा कारोबार हुँदै छ भन्ने गोप्य सूचनाका आधारमा प्राप्त भए पश्चात् काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले चिरन्जीवी सिन्चुरी र लेख बहादुर कार्कीलाई संका लागि सोधपुछ गर्ने क्रममा उनीहरूको साथमा केएफ ७.६५ लेखिएको ५ राउण्ड गोली लोड भएको म्याग्जीन सहितको पेस्तोल थान १- ऐ पेस्तोलमा लाग्ने खाली म्याग्जीन थान १ र लागूऔषध खैरो हेरोइन जस्तो देखिने लेसिलो पदार्थ ५ ग्राम फेला पारी पक्राउ पक्राउ गरिएको हो ।

शुक्रबार उनीहरूलाई लागूऔषध तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा आवश्यक कारबाही तथा थप अनुसन्धानको लागि प्रहरी वृत्त जगाती भक्तपुरमा पठाइएको प्रहरीले जनाएको छ ।