ब्रेकिङ स्टोरी

पूर्वगृहमन्त्री खाणले सम्पत्ति शुद्धीकरण विभागमा बुझाए १५ लाख धरौटी

By खबरहब

December 15, 2023

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पूर्वगृहमन्त्री बालकृष्ण खाणले सम्पत्ति शुद्धीकरण विभागमा १५ लाख रुपैयाँ धरौटी बुझाएका छन् ।

शुक्रबार पुलचोकस्थित विभागको कार्यालय पुगेर खाणले १५ लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी बुझाएका हुन् ।

यसअघि उनले जिल्ला अदालत काठमाडौंमा ३० लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी बुझाएका थिए ।

अब उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगिनेछ । अख्तियारले उनलाई तारेखमा छाड्ने तयारी गरिरहेको स्रोतले खबरहबलाई जानकारी दिएको छ ।