अपराध

ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

By खबरहब

December 15, 2023

काठमाडौं- ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा घर भई हाल ललितपुरको बागडोल बस्ने ५० वर्षीय होम बहादुर तामाङ रहेका छन् ।

तामाङले लक्ष्मण सापकोटा समेत २ जनालाई वैदेशिक रोजगारीको लागि ग्रीस पठाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति १० लाख ५० हजार रुपैयाँ लाग्छ र  ग्रीस पुगेपछि प्रतिष्ठित कृषि कम्पनीमा काम लगाइदिन्छु जहाँ मासिक एक लाख १५ हजार रुपैयाँ तलब हुन्छ भनी विश्वास दिलाई पटक पटक गरी १३ लाख ८४ हजार रुपैयाँ लिई सम्पर्क विहीन भई ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनको खोजतलास गर्ने क्रममा बिहीबार काठमाडौंकाे महाराजगन्ज बाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।