खेलकुद

खस्कियो महिला फुटबलको वरीयता

By खबरहब

December 15, 2023

काठमाडौं – नेपालको महिला फुटबल टिमको फिफा वरीयता खस्किएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता घटेको हो ।

नयाँ वरीयतामा नेपाल १०५ औं स्थानमा रहेको छ । अघिल्लो पटकको वरीयतामा नेपाल १०१ औं स्थानमा रहेको थियो ।

एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २० औं स्थानमा छ ।

यस्तै दक्षिण एसियाली राष्ट्रको वरीयता नेपाल दोस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि रहेको भारत ६५ औं स्थानमा छ ।

विश्व वरीयतामा स्पेन शीर्ष स्थानमा उक्लिदा अमेरिका दोस्रो र फ्रान्स तेस्रो स्थानमा रहेको छ । स्पेन पहिलो पटक शीर्ष स्थानमा पुगेको हो ।