खेलकुद

बंगलादेश यू-१९ एसिया कपको फाइनलमा, भारत पराजित

By खबरहब

December 15, 2023

काठमाडौं – भारतलाई हराउँदै बंगलादेश यू-१९ एसिया कप क्रिकेटको फाइनलमा पुगेको छ ।

आज भएको सेमिफाइनलमा बंगलादेशले भारतलाई ४ विकेटले हरायो ।

भारतले दिएको १ सय ८९ रनको लक्ष्य बंगलादेशले ४२ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।

बंगलादेशका अरिफुल इस्लामले सर्वाधिक ९४ रन बनाए । यस्तै अहरर अमिनले ४४ रन जोडे ।

बलिङतर्फ भारतका नमन तिवारीले ३ र राज लिम्बानीले २ विकेट लिए ।

यसअघि दुबईको आईसीसी एकेडेमी ग्राउन्ड-२ मा टस हारेर ब्याटिङको निम्तो पाएको भारत ४२ ओभर ४ बलमा १ सय ८८ रन बनाउँदा अल आउट भयो ।

भारतका मुरुगन अभिषेकले ६२ र मुशीर खानले ५० रन बनाए । बलिङतर्फ बङ्गलादेशका मरुफ मृधाले ४ विकेट लिए ।