ब्रेकिङ स्टोरी

घट्यो पेट्रोल र डिजेलको मूल्य

By खबरहब

December 15, 2023

काठमाडौं – नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

शुक्रबार मध्यरातिदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा लिटरको ३ रुपैयाँ मूल्य घटाएको हो ।

इण्डियन आयल कर्पोेरेसनले पठाएको नयाँ मूल्यमा पेट्रोलमा ३ रुपैयाँ ०७ पैसा र डिजेलमा ३ रुपैयाँ १६ पैसा मूल्य घटेर आएको निगमले जनाएको छ । खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको छ ।

अब पहिलो वर्गमा पेट्रोलको मूल्य १६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६६ रुपैयाँ तेस्रो वर्गमा १६७ कायम भएको छ । त्यस्तै डिजे र मट्टितेलको पहिलो वर्गमा १५४ रुपैयाँ ५० पैसा दोस्रोमा १५६ र तेस्रोमा १५७ रुपैयाँ कायम भएको छ ।