कांग्रेसको केन्द्रीय समिति बैठक पुस १२ देखि

By खबरहब

December 15, 2023

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आमामी पुस १२ गतेदेखि बस्ने भएको छ ।

बैठकमा सरकारका काम कारबाहीका विषयमा समीक्षा हुने नेताहरूले बताएका छन् ।

आज बसेको कार्यसम्पादन समितिको बैठकपछि सभापति शेरबहादुर देउवाले पुस १२ गतेदेखि केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन् ।

आजको बैठकले महासमितिको बैठक फागुन ७ देखि १० का लागि तोकेको छ भने राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धन गरेर सहभागी हुने निर्णय गरेको छ ।