फाइल तस्बिर

अन्तर्राष्ट्रिय

बेइजिङ भ्रमणमा गएकी महिला पत्रकार नफर्केपछि हङकङको पत्रकार संघद्वारा चिन्ता व्यक्त

By खबरहब

December 15, 2023

बेइजिङ- बेइजिङ भ्रमणमा गएकी एक जना महिला पत्रकार नफर्केपछि हङकङको पत्रकार संघले चिन्ता व्यक्त गरेको छ ।

गत अक्टोबर महिनामा बेइजिङमा आयोजित एक कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेकी साउथ चाइना मर्निङ पोस्टकी पत्रकार घर नफर्केकी हुन् । उनी हाल बेपत्ता रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

उक्त पत्रिकाका लागि सुरक्षासम्बन्धी रिपोर्टिङ गर्दै आएकी मिन्नी चानको अवस्थाबारे अझै थाहा हुन नसकेको जनाइएको छ ।

उक्त अखबारले भने ती पत्रकारले व्यक्तिगत विदा लिएको र उनको परिवारले पनि व्यक्तिगत कामका लागि उनी बेइजिङमै रहेको बताएको जानकारी दिएको छ ।