अन्तर्वार्ता

धुलो धुवाँको कारण चाँडै दमले समात्छ

By खबरहब

January 16, 2023

काठमाडौँ : चिसोका कारण ५ वर्ष मुनिका बालबालिकालाई अधिक रूपमा रुघाखोकी दम जस्ता समस्याले सताउने गर्दछ । बालबालिकालाई यस्ता समस्याबाट बचाउन अभिभावक पनि अनेक उपाय अपनाउने गर्दछन् । रोग व्याधिबाट बचाउन भन्दै अभिभावकहरूले चिकित्सा विज्ञानले बनाएको मानक आधार भन्दा ठिक विपरीतका उपायहरू अपनाएको पनि देखिन्छ । रोग प्रतिरोधात्मक क्षमता कम हुनाले पनि चिसोले बालबालिकालाई चाँडो समाई हाल्छ । खोक्दा तथा हाछिँउ गर्दा चिसोको जीवाणु हावामा सक्रिय हुन्छ । रुघाखोकीको लागि खासै उपचार आवश्यक छैन यस्ता सङ्क्रमण आफै निको भएर जान्छ । यस्ता बालबालिकालाई औषधि दिनु भन्दा प्राकृतिक उपचार तथा घरेलु उपचार उपयुक्त हुन्छ त्यसैले घरमा बालबालिकाको उपचार कसरी गर्ने त ? यसै विषयमा आधारित रहेर बाल छाती रोग विशेषज्ञ डाक्टर जगतजीवन घिमिरेसँग त्रिगुना भट्टराई बस्नेतले गरेको कुराकानीको सम्पादित अंश: 

बालबालिकामा लाग्ने कस्तो खोकीलाई सामान्य र जटिल मान्ने हामीले ? बालबालिकामा खोकीलाई सामान्य रूपमा नै लिइन्छ । तर अस्पताल जाने कारण मध्ये चाहिँ ओपिडीमा जाने प्रमुख रूपमा लिएको छ । धेरै बच्चाहरूमा छोटो खोकी हुन्छ रुघा भएको ५ देखि ७ दिन सम्म रहने खोकीलाई सामान्य रूपमा लिनु पर्छ । कुनै बच्चामा खोकी लामो समय हुने, बार बार हुने खाेकी,घ्यार-घ्यार हुने, सास फेर्न गार्हो हुने यस्ता खोकीलाई सामान्य मान्नु हुँदैन ।

सामान्य खोकी लाग्दा उपचार, औषधि गराउनु पर्छ या पर्दैन ? यो संसार भरी नै विवेकी कुरा हो हामी जुन देशमा बसेका छौँ । जहाँसुकै खोकीको औषधि बढी मात्रामा रहेको छ । १८ वर्ष भन्दा सानो उमेरको बिरामीहरूलाई खोकीको औषधि नै भनेर हुँदैन । खोकीको औषधि खादा फाइदा भन्दा बेफाइदा गर्छ । फाइदा चाहिँ हुँदै हुँदैन कहिले काहीँ बेफाइदा हुन्छ । बजारमा पाउने खोकीको औषधि धेरै मात्रामा प्रयोग नगर्ने घरैमा पाउने औषधि प्रयोग गर्ने, मह र अदुवा खोकीको लागि धेरै राम्रो हुन्छ ।

मह र अदुवा कसरी र कति मात्रामा दिनु पर्छ ? मह यति नै दिने भन्ने हुँदैन सानो बच्चालाई भन्दा ठुलो बच्चालाई मह मजाले १ चम्चा बिहान बेलुका खुवाइदिएमा चाडै त्यसको परिणाम तथा फाइदा चाँडो आउँछ । सबै भन्दा फाइदाजनक रूपमा महलाई लिइन्छ। अदुवा पनि पोलेर खाने गरेको पाइन्छ । त्यसले पनि खाकीको लागि अति नै राम्रो र घरायसी औषधिका रूपमा रहेको छ ।

खाकी लाग्दा गुलियो चकलेटहरू दिनु नहुने हो ? विज्ञानले भने यस्तो विषयलाई भने मान्दैन । तर कुनै बच्चामा भने चकलेट तथा गुलियो चिजको एलर्जीको कारण पनि खोकी लाग्छ । यस्ता खोकी दुई थरीका हुन्छन्, रुघा लागेको बेला गुलियो चिज खाएर, दम, नाकको एलर्जी र ग्यास्ट्रिकको कारण बच्चामा खोकी लाग्ने गर्छ । त्यसैले चकलेटको मात्रा बच्चामा कम गराउनु नै राम्रो हुन्छ । नाक बन्द हुने, नाकबाट सिँगान बगिरहने, छिउँ छिउँ भई रहने, लामो समयको खोकीलाई सुख्खा र खकार आउने खोकीलाई पिबिबि भनेर बुझिन्छ ।रुघा लाग्दाको खोकीलाई सामान्य खोकीको रूपमा लिइन्छ। बारबार हुने खोकीलाई दमको खोकीका रूपमा मानिन्छ ।

दमको खोकीमा रुघा लान्छ कि लाग्दैन ? खास गरी दम खोकी भनेको टिगर हो। सबभन्दा सानो बच्चाहरूको रुघा खोकी टिगर नै हो। धुलो धुवाँको कारण बाट पनि दम चाँडो लाग्छ । सानो बच्चाहरूमा खेल्दा, हाँस्दा, दौडँदा, उफ्रिँदा र धेरै खुसी हुँदा दम हुन्छ । दमको खोकी वंशाणुगत हुन पनि सक्छ ।

दम खोकी भएको बालबालिकाको उपचार कसरी हुन्छ पछि सम्म खोकी रहिरहन्छ ? दम खोकी नै भनेर जाँच गर्न फिनो भन्ने जाँच पनि गरिन्छ । यो जाँचले भने दम नै हो भनेर पत्ता लगाउन सकिन्छ । यो रोग लक्षण हेरेर मात्र थाहा पाउन सकिदैन । सके सम्म यो बच्चाको रोग यस्तो हो भनेर भन्न सक्नु आवश्यक छ । कति बच्चामा दमको लक्षणको आधारमा पनि उपचार गर्नु पर्ने हुन्छ ।

लक्षणको आधारमा उपचार गर्दा केही असर पर्दैन ? लक्षणको आधारमा उपचार गर्दा एउटा समस्या हुन्छ । जुन समय भित्र पनि आराम भएन भने अन्य कारण र उपाय पनि अपनाउ गर्नु पर्छ । बच्चालाई टेस्ट गराउन पनि धेरै असहज हुन्छ त्यस कारण पनि बच्चामा दम खोकी मात्र नभई अन्य रोगको उपचार गर्न असहज हुन्छ ।

ओपिडीमा कस्तो खालको बालबालिका आउनु हुन्छ ? सामान्य खोकी भन्दा पनि लामो खोकी भएका बच्चाहरू आउनुहुन्छ । मुख खोलेर सुत्ने, सुत्दा सुत्दै मुर्छा पर्ने जस्ता कारण भएका र निरन्तर रूपमा खोकी लागेर निको नभएका बालबच्चा आउनु हुन्छ ।

सामान्य खोकी र दम खोकीका बालबच्चाको हेरचाह कसरी गर्ने ? सामान्य खोकीको लागि सकेसम्म कम औषधि प्रयोग गर्ने र घरायसी औषधिको नै प्रयोग गर्ने । लामो तथा दम खोकीको लागि डाक्टरको सल्लाह अनुसारको मात्र औषधि प्रयोग गर्ने । धुलो धुवाँबाट बच्चालाई टाढा राख्नु आवश्यक छ ।

मौसम परिवर्तन हुँदा रुघाखोकीको बढी समस्या हुन्छ बालबच्चाको हेरचाह कसरी गर्ने ? मौसम परिवर्तनमा भाइरसको कारणले रुघा खोकी लाग्छ । अहिले एउटा भाइरसले अर्को भाइरसको प्रोलिफिरेसनलाई बढाइँ दिन्छ । हातमुख राम्रो सँग धुने, सरसफाइ रहने, भ्याक्सिनको प्रयोगबाट पनि कम गराउन सकिन्छ । भ्याक्सिन ६ महिना माथिका अन्य जुन सुकै उमेरको मानिसले लगाउन सकिन्छ । जुठो खाएर पनि रुघा खोकी लाग्न सक्छ । खोकी लाग्नबाट सुरक्षित रहन अहिले धेरै उपाय अपनाउन सकिन्छ ।

 

(प्रस्तुति : कुसुम गौतम)