अन्तर्वार्ता

कांग्रेसले अलमलिएरै सरकारलाई समर्थन गरेको छैन

By खबरहब

January 16, 2023

काठमाडौँ : प्रतिनिधि सभाको झन्डै सबै सांसदहरूको विश्वासको मत प्राप्त गरेको यो सरकार ऐतिहासिक रूपमा अभूत पूर्व शक्तिशाली बनेको छ । संसद्को अङ्कगणितको कुरा गर्ने हो भने सरकार समक्ष जनताका धेरै अपेक्षा छन् अथवा जनताले ठानेका छन् । यो अभूत पूर्व शक्तिशाली सरकारले अब राष्ट्र र जनताको लागि केही न केही काम गर्ला, सरकारको लामो समय देखि कचल्टिएका समस्याहरूलाई समाधान गर्न आफ्नो ऊर्जा र शक्तिको लागि प्रयोग गर्ला । तर सरकारको अहिलेको छाँटकाँट देख्दा यसले केही गरिहाल्ला जस्तो देखिएको छैन । तथापि सरकारले छिटो भन्दा छिटो राष्ट्र र जनताका निमित्त केही गर्न के कुरालाई प्राथमिकतामा केलाई राख्नु पर्ला ? यिनै विषयमा आधारित रहेर नेपाली कांग्रेसका केन्द्रीय सदस्य सांसद रामहरि खतिवडासँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंश:

नेपाली कांग्रेस यति बेला सत्ता पक्ष कि प्रतिपक्ष ? जुन दिन प्रचण्ड जी ले राष्ट्रपति समक्ष दुई वा सो भन्दा बढी दलहरूको समर्थन लिएर सरकार गठन गरेर जानु भयो त्यो दिन देखि जो दलहरू सही गरेर राष्ट्रपतिमा पुग्नु भयो उहाँहरू सत्ता पक्ष र हामी प्रमुख प्रतिपक्ष हो ।नेपालको राजनीतिमा सधैँ विरोधको राजनीतिले मात्र चल्ने रहेछ । हामीले झन्डै दुई तिहाइ बहुमतको सरकार पनि काम गर्न नसकेर गएको देख्यौँ ।

आफूले गरेको कामको जवाफ नै दिन नसक्ने काम किन गर्‍यो कांग्रेसले ? प्रधानमन्त्रीलाई अहिले सरकारमा धेरै अप्ठ्यारो छ । ओलीले जसरी पहिला आफ्नो औँठाछाप गर्ने जस्तो जति काम गर्नु भयो अव पनि प्रधानमन्त्रीलाई त्यस्तै गर्ने हो कि भनेर हामीले समर्थन गर्‍यो । नेपालको वर्तमान राष्ट्रपतिले संविधान उलङ्घन हामीलाई महसुस भयो प्रधानमन्त्री पनि त्यही अवस्थामा पुगेर आफू केही गर्न नसक्ने समर्थन बिना आफ्नो त ३२ सिट छ त्यहाँ अरुको समर्थन त आवश्यक छ । त्यसैले वाद्यवश संविधान उलङ्घन हुन नदिन र संसदीय व्यवस्था माथि अर्को प्रहार गर्न नदिन हामीले समर्थन गरेका हौ । ओली पहिला अध्यादेश ल्याएर पार्टी फुटाएको तुरुन्त त्यो त्याग्नु भयो । माधव नेपाललाई पनि फाल्नु भयो, देउवालाई पनि प्रतिसोध लिन चाहनु हुन्थ्यो सत्तामा जान नदिएर र अब प्रचण्डलाई पनि फाल्न खोज्नु भएको छ त्यसैले त्यो रोक्न हामीले समर्थन गर्नै पर्‍यो । उनले पहिला हामी भित्र पनि सूचना र व्याख्या गलत भयो, नेताका सबै नजिकका, जनताका सबै टाढाका धेरै भए ।

कांग्रेसले किन गर्‍यो सरकारलाई समर्थन, संविधानको रक्षा कि सरकारमा जाने दाउ ? हामी स्थानीय चुनाव देखि सङ्घ र प्रदेशको चुनावमा हामी गठबन्धन गरेर गएका हौँ । अहिले पनि प्रधान मन्त्री को हुने भन्ने कुरा भयो त्यसमा कांग्रेसले सबै भन्दा ठुलो पार्टीको त्यसमा पनि दुई पटक चुनाव गराएको हो त्यसमा पहिला म प्रधान मन्त्री हुन्छु भन्ने देउवामा भयो र प्रचण्डमा पनि तपाईँलाई पहिलो त हामीले बनाएको हो नि, त्यसैले पहिलो मलाई दिनुहोस् भन्नु भयो । त्यसैले गठबन्धन गर्नु भन्दा पहिला नै को पहिला भन्ने र भन्नु पर्थाे ।

यो सरकार टिकाउन गरिएको समर्थन हो यो ? टिकाउन नै हो । अहिले सरकार गठन भएको २० दिन हुन थाल्यो सांसदहरू छतमा बसेर बदाम छोडाएर सुन्तला खाएर बसेको छन् । मन्त्रालय जाऊ कुनमा जाने टुङ्गो लागेको छैन ।भ्रष्टाचार गर्नु आमाको रगत खानु बराबर हो भन्ने साथीहरू पनि यो मन्त्रालय नपाए जान्न भनेको पनि सुनिएको छ ।

सरकारलाई किन समर्थन गरेको त ? सरकार बाट भएका कमी कमजोरीलाई हामी पार्लियामेन्टबाट लैजान्छौँ । नीति नियममा हाम्रो हात छैन । देश निर्माणका क्रममा युवाहरूलाई कसरी नेपाल राख्न सकिन्छ कसरी उद्योगहरू खोल्न सकिन्छ त्यता लागेका छौँ । अब हामीले नेपालमा राम्रो राजनीतिको विकास हो है भनेर विश्वास दिने काम गर्नु पर्दछ । हामी अलमलिएर सरकारलाई समर्थन गरेको हैन ।

यो घटनाबाट के फाइदा हुन्छ ? देश र जनताको समस्या समाधान होस् । त्यही हो फाइदा ।

 (प्रस्तुति : पुष्पाञ्जली बस्नेत)