काठमाडौँ : सरकारले नयाँ कानुनी प्रावधानको तयारी गरे पछि यसको विरुद्धमा इजरायलको राजधानी तेल अभिभमा ८० हजार जना उपस्थित भएका छन् । नयाँ प्रावधान अनुसार सर्वोच्च अदालतको निर्णयलाई संसद्ले उल्ट्याउन सक्ने छ ।
प्रदर्शनकारीहरूले राष्ट्रपति बेन्जामिन नेतान्याहुले प्रजातन्त्रवादीहरूलाई दबाउनका लागि यो सबै गरेको आरोप लगाएका छन् । यसले इजरायली इतिहासको सबैभन्दा बढी धार्मिक र कठोर सत्ताको प्रतिनिधित्व गरेको आरोप लगाइएको छ ।
स्थानीय सञ्चार माध्यमले जनाए अनुसार सो विरोध प्रदर्शन जेरुसेलमको प्रधानमन्त्री निवासको अघिल्तिरबाट उत्तरी सहर हाइफातर्फ गएको थियो । राजधानी तेल अभिभमा अलोयन राजमार्गको बाटो हुँदै गएको एक स्थानमा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको थियो ।
यो प्रस्तावित प्रावधानले न्यायिक स्वतन्त्रतालाई हनन गर्ने, भ्रष्टाचार बढाउने र अल्पसङ्ख्यकको अधिकारलाई कुण्ठित गर्ने भएकाले यसको प्रतिकार आवश्यक रहेको विरोध प्रदर्शनमा सहभागीहरूले जनाएका छन् । उनीहरूले नेतान्याहु सरकारको विरुद्धमा ब्यानर पनि तयार गरेका थिए ।
उनीहरूले इजरायलका प्रधान न्यायाधीश इस्तर हायात तथा महान्यायाधिवक्ताको पनि आलोचना गरेका छन् । प्रदर्शनकारीले बोकेको ब्यानरमा नेतान्याहुको चित्रमा काटेको दृश्य राखिएको थियो । मुखका हातैले रातो पोतिएका युवतीहरू पनि त्यहाँ थिए । उनीहरूले आफूहरू चुप लाग्न नसक्ने कुरा सरकारलाई भन्न चाहिरहेका थिए ।
नाम नबताउने सर्तमा एक जना महिलाले आफू दोस्रो पुस्ताकी प्रलय सर्भाइभर भएको बताइन् । उनले आफ्ना अभिभावक अन्य कुनै गैर प्रजातान्त्रिक देशबाट प्रजातन्त्रको अनुभव गर्न इजरायल आएको बताउँदै गैर प्रजातान्त्रिक व्यवस्था आफ्ना लागि सहज नहुने कुरामा उनले जोड दिई रहिन् ।
उनीहरूको परिवारले नेतान्याहु रेडिकल परिवर्तनको पक्षधर भएको अनुभव गरे पनि यत्ति छोटो समयमा यो सबै कुरा उनीहरूले कल्पना गरेका थिएनन् । गत डिसेम्बरमा नेतान्याहुको नेतृत्वमा नयाँ सरकार गठन भए यता यो नै सबैभन्दा ठुलो प्रदर्शन समेत हो । विपक्षी दलहरूले आम नागरिकलाई प्रजातन्त्रको रक्षार्थ यस विरोध प्रदर्शनमा सहभागी हुन आहान गरिसकेका छन् ।
कानुन मन्त्री यारिभ लेभिनले त्यहाँको नयाँ योजनाको बारे दिएको जानकार अनुसार संसद् नेसेटको सामान्य बहुमतले पनि अदालतको निर्णय उल्ट्याउन सक्ने छ । यसले सरकारलाई निरङ्कुश बनाउने कुरामा कुनै सन्देह नै रहन सक्दैन ।
नेतान्याहुको विगतको छविका कारण पनि यो नियम अझ घातक हुन सक्ने अनुमान इजरायलका आम मानिसले गरेका छन् । नेतान्याहु माथि अहिले पनि थुप्रै भ्रष्टाचार र आर्थिक हिनामिनाको आरोप लागेको छ । यो नियम लागू भए पनि न्यायाधीश नै पनि महत्त्वपूर्ण जिम्मेवारी पाउनका लागि सरकारप्रति नतमस्तक हुने सम्भावना बढेको छ । यसै नियमले वेस्ट बैकमा यहुदीको व्यवस्थापन सहज हुने छ ।
नेतान्याहुले अदालत नै आफ्नो विरुद्धमा रहेको बताउँदै आएका छन् । प्रदर्शनकारीको मत भने वर्षौँ देखि सरकारका लागि चेक एन्ड ब्यालेन्स गर्दै आएको निकाय नै नयाँ कानुनको कार्यान्वयनसँगै ध्वस्त हुने छ । प्रदर्शनकारी यस कानुन भन्दा बढी नेतान्याहुको विरुद्धमा रहेको समीक्षकहरू बताउँछन् । यसरी आन्दोलन उठ्नुको मुख्य कारण एलजीबीटीक्यु लगायतको अधिकार पनि भएको बताइन्छ ।
इजरायली सञ्चार माध्यमले यस परिवर्तित कानुनका बारे मत सर्वेक्षण पनि गरेको थियो । यस सर्वेक्षण पनि भिन्न सञ्चार माध्यम अनुसार फरक फरक पाइएको छ । एक टिभीले गरेको सर्वेक्षण सरकारको निर्णयको पक्षमा धेरै रहेको पाइएको छ ।
नेतान्याहुको नेतृत्वमा रहेको कन्जरभेटिभ लिक्युड पार्टीका वरिष्ठ अधिवक्ता निकी जोहार दुई महिना अगाडि भएको निर्वाचनमा आफूहरूले परिवर्तनका पक्षमा मत मागेका कारण अहिले त्यसै अनुसार काम गरेको दाबी गरेका छन् । निर्वाचनको समयमा सुशासन र परिवर्तनको पक्षमा मत मागेका कारण अहिले त्यसै अनुसार चल्न अनिवार्य रहेको बताएका छन् ।
इजरायलको राजनीतिमा नेतान्याहुको पुनरागमन अनपेक्षित थियो । यो अनपेक्षित पुनरागमनसँगै उनी विगतका भन्दा शक्तिशाली बन्न चाहन्छन् । विगतमा पनि थुप्रै अप्रजातान्त्रिक छवि भएका उनी दक्षिणपन्थी गठबन्धनको प्रतिनिधित्व गर्दै सरकारका पुगेका हुन् । वर्तमान विश्व परिवेशमा चली आएको प्रचलन अनुसार यो समयमा ट्रेन्ड भएको मिडिल लेफ्ट या मिडिल राइट धेरै देशका नागरिकले चाहेको राजनीतिक व्यवस्था हो ।
इजरायलमा पनि नेतान्याहुको विरुद्धमा मध्यमार्गी तथा हल्का वामपन्थी झुकाव भएका याइर लिपिडलाई पराजित गरेका हुन् । इजरायलको ७४ वर्षे इतिहासमा नेतान्याहु छैटौँ कार्यकालका लागि निर्वाचित भएका हुन् । यो नै उनका लागि अभूतपूर्व सफलता हो ।
अप्रजातान्त्रिक छवि हुनुका बाबजुद त्यस देशका नागरिकले बारम्बार उनलाई नै रोज्नुको कारण नभएको भने होइन । मध्यपूर्वमा इजरायलको सनपूर्वक उपस्थितिका कारण नेतान्याहुको नेतृत्व र व्यक्ति कामीयाव हुने विश्वासका साथ उनलाई साथ दिइएको हो ।
कम उमेर मै सैनिक पृष्ठभूमि छाडेर राजनीतिमा प्रवेश गरेका उनीमा परेको सुरुवाती प्रभाव नै प्यालेस्टाइन प्रति नकारात्मक थियो । सन् १९७२ मा प्यालेस्टाइनले बेल्जियमको विमान अपहरण गरेको घटनाले उनी असाध्यै आक्रोशित भएका थिए । सन् १९७६ मा उनका दाजु पनि मारिएका थिए । सो घटनाले नेतान्याहुको परिवारमा शोक मात्र थपेन बेन्जामिनको मनमा एक खालको आक्रोश पनि जन्माएको थियो ।
वैदेशिक सम्बन्धमा निपुण उनी ८० को दशकमै विश्वमा प्रभाव पार्न सक्ने व्यक्तित्व थिए । सन् १९८४ मा उनी राष्ट्र सङ्घका लागि इजरायली संसद्को प्रतिनिधित्व गर्न सफल भएका थिए । सन् १९८८ मा उनी स्वदेश फर्कने बित्तिकै सक्रिय राजनीतिमा प्रवेश गरेका थिए । त्यसै वर्ष उनी संसद्को निर्वाचनमा जित हात पार्दै सहायक विदेश मन्त्री सम्म हुन सफल भएका थिए ।
इत्ज्याक रबिनको हत्या पछि उनी सन् ९९६ मा उनी पहिलो प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भएका थिए ।उनी इजरायलमा सबै भन्दा कम उमेरमा प्रधानमन्त्री हुने सफलता पाउन पनि सफल भएका थिए ।
सन् २००१ मा स्यारोन निर्वाचित भए पछि नेतान्याहु सरकारबाट बाहिरिएका थिए । आश्चर्य त प्रधानमन्त्री भई सकेका उनी फेरी फर्कने क्रममा भने सामान्य मन्त्री पद पनि स्वीकार गरेका थिए ।
सन् २००५ मा इजरायलको गजा क्षेत्रबाट सेना फिर्ता गर्ने भए पछि उनले राजीनामा दिएका थिए । त्यसै वर्ष स्यारोन अस्वस्थ भएर कोमामा पुगे पछि उनका लागि फेरी मौका जुरेको थियो । त्यस वर्षै उनले लीकयुड पार्टी छाडेर मध्यमार्गी कार्र्डीस्टको स्थापना गरेका थिए ।
त्यसै समय देखि अमेरिकाको समर्थन उनलाई थियो । त्यसै समर्थनका कारण उनको शासनकालमा इजरायले मध्यपूर्वका अन्य देशको डटेर सामना गरेको थियो । उनको अन्तर्राष्ट्रिय सम्बन्ध त्यसै अनुसार रहेन सकेन । सन् २०२० मा प्यालेस्टाइनसँगको वार्ताको क्रममा अमेरिकाकै भूमिका उनीहरूको पक्षमा रहेको भन्दै उनी वार्ताबाट बाहिरिएका थिए ।
विगतमा पश्चिमा देशको साथ र समर्थन पाएका उनका लागि यो परिवर्तित कानुनको कारण त्यस समर्थन यथावतै पाउने कुरामा शङ्का उत्पन्न भएको छ । पश्चिमका धेरै देशको कानुनी राज्य र मानव अधिकार प्रतिको प्रतिबद्धता सत प्रतिशत नै छ ।
नयाँ कानुनले न्यायालयलाई यसरी खुम्च्याएको छकी संसद्ले गरेको कुनै पनि निर्णय अदालतमा बहस नै हुन पाउँदैन । यो नै कानुनी राज्यको सर्वमान्य अवधारणाको खिल्ली उडाइएको सबैभन्दा प्रमुख क्षेत्र हो ।
अहिलेको विश्व समुदाय पनि इरान र मध्यपूर्व माथि सचेत छ । त्यहाँबाट हुन सक्ने ज्यादतीका लागि नेतान्याहु विगत देखि नै उपयुक्त पात्र पनि मानिएका थिए । तथापि पछिल्लो घटनाले विश्व समुदायको साथ पनि उनले गुमाउने सम्भावना प्रबल छ ।
(श्रोत : बीबीसी, वासिङ्टन पोस्ट र अलजजीरा)