ब्रेकिङ स्टोरी

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

By खबरहब

January 16, 2023

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । 

बालकोटस्थित ओली निवासमा भएको भेटमा मन्त्रिपरिषद् विस्तार, राष्ट्रपति तथा सभामुख लगायत राज्यका प्रमुख निकायका बाँडफाँडका बारेमा सल्लाह भएको बुझिएको छ ।

प्रधानमन्त्री निर्वाचित भएको एक महिना बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार तथा अन्य निकायको बाँडफाँड अझै टुंगो लाग्न सकेको छैन । राप्रपालगायतलाई सरकारमा सहभागी गराउने भन्ने विषयमा पनि छलफल भएको छ । दुवै नेता मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिनेमा सहमत भएका छन ।