फाइल तस्वीर

अन्तर्राष्ट्रिय

नाइजेरियामा सडक दुर्घटना हुँदा १६ जनाको मृत्यु

By खबरहब

January 16, 2023

काठमाडौँ- अफ्रिकी मुलुक नाइजेरियाको ट्राफिक प्रहरीले आइतबार देशको मध्य भागमा रहेको प्लेटू राज्यमा भएको सडक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको बताएको छ । ट्रकमा कुल ९९ जना सवार रहेकोमध्ये १६ जनाको दुर्घटनामा मृत्यु भएको पुष्टि भएको हो । दुर्घटनामा अरु ८३ जना घाइते भएका छन् ।

तीव्र गति र क्षमताभन्दा बढी यात्रु सवार हुनेजस्ता कारणले दुर्घटना भएको प्लेटूस्थित संघीय सडक सुरक्षा कोरका प्रवक्ता पिटर लङ्सानले बताएका छन् ।

शनिबार राति मङ्गु क्षेत्रमा अवस्थित ज्वाक गाउँनजिकैको सडकमा नियन्त्रण गुमाउँदा ट्रक पल्टिएको लङसानले राज्यको राजधानी जोसमा पत्रकारहरूलाई बताएका छन् ।

घाइते सबैको नजिकैको अस्पतालमा उपचार भइरहेको लोङसानले बताएका छन् । नाइजेरियामा प्रायः घातक सडक दुर्घटनाहरु हुने गरेको पाइन्छ । क्षमता भन्दा बढी यात्रु सवार, खराब सडक अवस्था, र जथाभावी सवारी दौडाउनेजस्ता कारणले दुर्घटना हुने गरेको बताइन्छ ।