फाइल फोटो

देश/प्रदेश

राष्ट्रिय शोकका कारण कर्णाली प्रदेशसभाको बैठक स्थगित

By खबरहब

January 16, 2023

काठमाडौँ- राष्ट्रिय शोकका कारण कर्णाली प्रदेशसभाको आज तोकिएको पहिलो अधिवेशनको चौथो बैठक स्थगित भएको छ ।

पोखरामा आइतबार विहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकका कारण बैठक स्थगित गरिएको हो । काठमाडौँदेखि पोखराका लागि ६८ जना यात्रु र चार जना चालक दलका सदस्यसहित उडेको यति एयरलायन्सको एटिआर–७२ को विमान पोखराको नयाँ गाउँस्थित सेती नदीको खोँचमा परी दुर्घटना भएको थियो ।

दुर्घटनापछि सरकारले राष्ट्रिय शोकका आज बिदा दिएसँगै प्रदेशसभाले आज बस्ने भनेको बैठक स्थगित गरेको हो । विमान दुर्घटनामा परेर ठूलो जनधनको क्षति भएको यस घटनाले मुलुक नै शोकमा डुबेकोले प्रदेशभसाको आजको बैठक स्थगित गरिएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले बताए ।

उनका अनुसार प्रदेशसभाको उक्त बैठक कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ६ को उपनियम ९३० बमोजिम भोलि माघ ३ गते मङ्गलबार दिनको १ बजे बस्नेगरी सूचना प्रकाशित गरिएको छ ।