फाइल तस्वीर

देश/प्रदेश

बारामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

By खबरहब

January 16, 2023

काठमाडौँ- बारा जिल्लाको गण्डक नहरको थलही पुलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

महागढीमाई नगरपालिका–९ पिपराविर्तास्थित गण्डक नहरको थलही पुलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

बारा प्रहरीका अनुसार सिम्रोनगढ नगरपालिका– १ बैरियाका २२ वर्षीय ताहिद अन्सारी र २३ वर्षीय कासिम अन्सारीको मृत्यु भएको हो । सो दुर्घटनामा परेर बैरियाकै २२ वर्षीय गुड्डु अन्सारी सामान्य घाइते भएका छन् ।

बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाका अनुसार स्थानिय तहमा लागेको मेला हेरेर घर फर्किँदै गरेका उनीहरु सवार मोटरसाइकल राति ९ बजे अनियन्त्रित भइ थलही पुलमुनि खस्न पुगेको थियो । मृतक दुबै जनाको शव थलही खोलामा फेला परेको थियो ।