फाइल तस्वीर

राजनीति

गण्डकी प्रदेशसभाको उपसभामुखमा नेकपा एमालेकी बिनाकुमारी थापा निर्वाचित

By खबरहब

January 16, 2023

काठमाडौँ- गण्डकी प्रदेशसभाको उपसभामुखमा नेकपा एमालेकी बिनाकुमारी थापा निर्वाचित भएकी छन् ।

प्रदेशसभाको सोमबार बसेको बैठकमा उपसभामुखका लागि भएको मत विभाजनमा थापाको पक्षमा ३२ मत प्राप्त भएको छ भने विपक्षमा २६ मत आएको छ । थापालाई एमालेका २२, माओवादी केन्द्रका ७, राप्रपाका २ र स्वतन्त्र सांसदले मत दिएका थिए ।

लमजुङबाट कांग्रेस सांसद पार्वती तामाङले पनि उपसभामुखमा उम्मेदवारी दिएकी थिइन् । उनी पराजित भइन् ।

नवनिर्वाचित सभामुख कृष्ण धितालका अनुसार प्रदेशसभाको बैठकमा ५८ सांसद सहभागी थिए ।