ब्रेकिङ स्टोरी

बालुवाटारमा सत्ता साझेदार दलको बैठक बस्दै

By खबरहब

January 16, 2023

काठमाडौँ- मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल गर्न सत्ता साझेदार दलहरुको बैठक साँझ ५ बजे बस्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता पछि सत्ता साझेदार दलको बैठक आह्वान गरिएको हो ।

प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्लाई आजै पूर्णता दिने तयारी गरिरहेको बेला सत्ता साझेदार दलहरुको संयुक्त बैठक बस्न लागेको बालुवाटार स्रोतले जानकारी दियो ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने सत्ता साझेदार दलहरुको बैठकले मन्त्रिपरिषद्को पूर्णताबारे निष्कर्ष निकाल्नेछ ।