फाइल तस्वीर

राजनीति

बागमती प्रदेशसभाको उपसभामुखमा एमालेकी चापागाईं निर्वाचित

By खबरहब

January 16, 2023

काठमाडौँ- बागमती प्रदेशसभाको उपसभामुख पदमा नेकपा एमालेकी अप्सरा चापागाईं निर्वाचित भएकी छिन् । आज प्रदेशसभाको बैठकमा भएको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी नेमकिपाका तर्फबाट उम्मेदवार बनेकी गीता काफ्लेलाई पराजित गर्दै चापागाईं उपसभामुख पदमा निर्वाचित भएकी हुन् ।

आजको प्रदेशसभा बैठकमा एक सय १० मध्ये एक सय आठ सदस्य उपस्थित रहेको प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।

बैठकमा उपस्थित मध्ये ६१ ले प्रस्तावको पक्षमा मत खसालेका थिए । विपक्षमा ३९ र दिन्न भन्ने पक्षमा सात मत परेको थियो । चापागाईंको प्रस्तावकमा कुमारी मोक्तान र समर्थकमा आशा लामा रहेका थिए ।