देश/प्रदेश

‘क्षेत्रीय रूपमा हाम्रो देश संवेदनशील छ’

By खबरहब

February 16, 2023

पछिल्लो समय नेपालमा विदेशीहरूको चासो बढ्दै गएको छ । नेपालको भू राजनीतिक संवेदनशीलतामा विदेशीहरूको यो खालको चासोको दीर्घकालीन असर के पर्ला ? यस विषयमा आधारित रहेर परराष्ट्र मामिला विज्ञ पूर्वराजदूत राजेश्वर आचार्यसँग सुशील पाण्डेले गरेको कुराकानी सम्पादित अंश-

पछिल्लो समय विदेशीको लागि नेपालको महत्व वृद्धि भएको हो कि तथा विदेशीको केही स्वार्थ लुकेको छ ?

यसमा सबैको मिश्रण रहेको छ । यसमा पनि भूराजनीतिको धेरै महत्व रहेको छ । क्षेत्रीय र अन्तर्राष्ट्रिय कूटनीतिक अवस्था बदलिँदो तथा नाजुक अवस्थाबाट गुज्रिएको छ । क्षेत्रीय रूपमा भारत र चीनसँगको सम्बन्ध, पाकिस्तानसँगको सम्बन्ध धेरै लामो समयदेखि रहिआएको छ । अन्तर्राष्ट्रिय खेलहरू बढेको अवस्थामा नेपाल क्षेत्रीय र अन्तर्राष्ट्रिय रूपमा चुस्त दुरुस्त रहेको अवस्था छ । चुस्त दुरुस्त भए त धेरै राम्रो नत्र भने त्यसमा के कसरी हो सुधार तथा समझदारीको लागि विकास गराउन जरुरी रहेको छ । क्षेत्रीय रूपमा हाम्रो देश संवेदनशील छ ।

कूटनीतिक क्षेत्रमा कस्तो प्रकारको कार्य हुन जरुरी छ भन्न खोज्नु भएको हो ?

यसमा सरकार स्थायी छैन । ५५ वर्षमा चुनाव भए पनि सरकार पाँच वर्षसम्म टिक्न भने सक्दैन । २००७ सालदेखि नै नेपालको सरकार पाँच वर्ष टिकेको अवस्था नै छैन । १५/१६ सालमा भएको सरकार अपदस्थ गरियो । केपी ओलीको सरकार पनि पाँच वर्ष टिक्न सकेन यो एक अस्थिरताको पाटो रहेको छ । यो नेपालको निम्ति नकारात्मक पक्ष रहेको हो । नेपालमात्र नभएर जनता कमजोर भएको मान्छु । नेपालका सचिव गएर भारतका प्रधानमन्त्री भेटेर कार्यमा उत्प्रेरित गराउन नसकेको अवस्था रहेको छ । नक्सा जारी गर्दा मनमुटाब भयो त्यसमा पनि समस्या भने नआएको भने होइन । नेपालले धेरै तर्फबाट यसको प्रयास भने गरेको अवस्था रहेको छ । सधैँ समस्यालाई काँचो रूपमा राख्न जरुरी छैन । सार्क अवरुद्ध रहेको छ । त्यो भारतको कारण नै हो त्यसलाई खुलाउन जरुरी रहेको छ । सिमानाको इसुलाई कहिलेसम्म काँचो नराख्ने ? सन् २०२४ मा भारतमा आमनिर्वाचन हुँदै छ । यसबारे हामीले शान्त र कूटनीतिक रूपमा, मर्यादापूर्वक, विश्वासपूर्वक कुरा राख्न पाउनु तथा सक्नुपर्छ । कुरा लुकाएर लघुताभाष राखेर, कुर्सीको लोभ राखेर हुने केही होइन बदनाम मात्र हुन्छ ।

मुद्दा केन्द्रित भएर जायज राजनीतिलाई अगाडि बढाउनु ठिक हो अहिलेको राजनीतिमा ?

यो भारत बाट के सिक्ने भन्ने कुरा मात्र रहेको हो । यो सिक्ने प्रोसेस त चालु रहनुपर्छ । जुन कुराले कसैलाई पनि नकारात्मक पक्षमा लैजाँदैन । यो संसारको जुन कुनाबाट भए पनि सिक्नु जरुरी रहेको छ । परराष्ट्र सचिव भनेको देशको पावरफुल पद रहेको तथा जिम्मेवारी धेरै भएको व्यक्ति हो । परराष्ट्र सचिवले कुरा गर्दा सरकारको आधारमा कुरा गर्नुपर्ने हुन्छ ।

चीनलाई कन्टेन्ट गर्नको लागि नेपालको भू–भागलाई प्रयोग गर्ने उद्देश्य हो त ?

यसमा विभिन्न आशङ्का रहेको छ । हामीसँग सरोकार राख्ने सात आठ वटा देशसँग प्रत्यक्ष सम्बन्ध हुनुपर्छ । जसमा अफिसको समय दश पाँचले मात्र पुग्दैन । जहाँ विज्ञहरूको टिम बनाएर अगाडि बढ्ने हो । भ्रमण आफैमा राम्रो हो, भ्रमणमा आएका एजेन्डामा हाम्रो तयारी तथा प्रयास कम भएको छ । ठूला मुलुक आफ्नो सम्बन्धको बारेमा गहिराइमा जान खोज्छन् । नेपालको सरकार केही नै गर्न नसक्ने अवस्थामा छ ।

स्थीरता बढाउने सूत्र केही छ ?

समस्या काँचो राखेर दुई देशबीचको सम्बन्ध कदापि बलियो हुँदैन । समस्या अझ थप्ने हो कि त्यसलाई सुल्झाउँदै जाने हो ? त्यसको दुई बाटो सरकारले खोज्नु पर्छ । खुल्ला हृदयले सम्बन्धको सुदृढीकरण गर्नु जरुरी रहेको छ ।

प्रस्तुती- कुसुम गौतम