फाइल फोटो

समाचार

आजको मौसम : सुदूरपश्चिम र कर्णालीमा आंशिक बदली रहने

By खबरहब

February 16, 2023

काठमाडौँ – हाल देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो भने सुदूरपश्चिम प्रदेश साथै प्रदेश नं. १ र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाकाअनुसार राति भने  सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत प्रदेश नं १ को  पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

तराईका थोरै भू–भागमा बिहानी पख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकोले  मौसम सूचना तथा पूर्वानुमान अद्यावधिक रहुन महाशाखाले अनुरोध गरेको छ।