आर्थिक

प्रि-ओपन सेसन नेप्सेमा सामान्य अंकले ओरालो

By खबरहब

February 16, 2023

काठमाडौँ – प्रि-ओपन सेसनमा बिहीबार सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसूचकमा १.०८ अंकले ओरालो लागेर २०९०.४८ विन्दुमा आएको छ ।

यससँगै १३ कम्पनीको ४५५ कित्ता सेयर खरिदबिक्री हुँदा २ लाख ३९ हजार रुपैयाँको कारोबार भएको छ ।

यो सेसनमा कुल ४ कम्पनीमा उकालो लागेको छ भने ७ कम्पनी घटेको छ । बाँकी कुनै पनि कम्पनीको भाउमा परिवर्तन भएको छैन ।