फाइल तस्वीर

राजनीति

अखिलको अध्यक्ष र महासचिवमा ५-५ जनाको उम्मेदवारी

By खबरहब

February 16, 2023

काठमाडौं– नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ नेतृत्व निर्वाचनमार्फत चुनिने भएको छ। 

अखिलको जारी २३‍ औं महाधिवेशनको निर्वाचन कमिटीका अनुसार १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटीका लागि ३ सय भन्दा बढीले उम्मेदवारी दिएका छन्।

 अध्यक्षका लागि पाँच र महासचिवका लागि ५-५ जनाले उम्मेदवारी दिएका छन्।

अध्यक्षमा आरसी लामिछाने, समिक बडाल, मोती विक, लोकेश निरौला र वाङछु योञ्जनले उम्मेदवारी दर्ता गराएका छन्।

त्यसैगरी महासचिवका लागि उमेश आचार्य, कल्पना वाइवा, नरेश रोकाय, भाष्कर खनाल र सुदर्शन शिवाकोटीको उम्मेदवारी परेको छ ।