फाइल फोटो

आर्थिक

वाणिज्य बैंकहरूमा २५ अर्ब निक्षेप थपियो

By खबरहब

February 16, 2023

काठमाडौँ- माघ महिनामा वाणिज्य बैंकहरूमा २५ अर्ब रुपैयाँ निक्षेप थप भएको छ ।

पुस मसान्तसम्म यी बैंकमा कुल ४७ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप रहेकोमा माघ मसान्तसम्म ४७ अर्ब ४१ अर्ब रुपैयाँ पुगेको नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । पुस महिनामा ९५ अर्ब रुपैयाँ निक्षेप थपिएको थियो ।

त्यस्तै कर्जा प्रवाह १२ अर्ब बढेको छ ।  पुस मसान्तसम्म कुल ४२ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा माघ मसान्तसम्म ४२ खर्ब ९० अर्ब पुगेको छ । पुस महिनामा ५४ अर्ब कर्जा बढेको थियो । बैंकहरूको कर्जा निक्षेप अनुपात हाल ८६ प्रतिशत रहेका छ ।