फाइल फोटो

समाचार

चितवनमा चैते धान लगाउने क्षेत्रफल विस्तार 

By खबरहब

February 16, 2023

चितवन– जिल्लामा चैते धान लगाउने क्षेत्रफल विस्तार भएको छ । कृषि ज्ञानकेन्द्र भरतपुरका अनुसार गत आर्थिक वर्षको तुनामा यस वर्ष चैते धान लगाउने क्षेत्रफल विस्तार हो । कार्यालयका अनुसार गत आर्थिक वर्षमा सात हजार पाँच सय ७३ हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएकोमा यसवर्ष सात हजार आठ सय हेक्टर पुगेको हो ।

कार्यालयका सूचना अधिकारी मीनबहादुर पुनका अनुसार जिल्लाको भरतपुर महानगरपालिकाका केही क्षेत्र, खैरहनी र माडी नगरपालिकामा चैते धान खेती हुँदै आएको छ । भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकामा ६ हजार चार सय हेक्टर क्षेत्रफल र माडी नगरपालिकामा एक हजार चार सय हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । 

जिल्लमा हर्दिनाथ हाइब्रिड १ र चैते ५ उन्नत जातको धान खेती गरिँदै आएको छ । हर्दिनाथ हाइब्रिड जिल्लाको २५ प्रतिशत क्षेत्रमा लगाइने गरेको उनले बताए। चैते धानमा सरकारको सहयोग हुनु र पर्याप्त सिँचाइका कारण क्षेत्रफल बढेको उनले जानकारी दिए । 

ज्ञान केन्द्रले चैते धान प्रवर्द्धन कार्यक्रमअन्तर्गत दुई सय ५० हेक्टर क्षेत्रफलमा खेती गरिएको छ । उनले भने, ‘चैते धान प्रवद्र्धनका लागि राज्यको सहयोग हुनुले यसको क्षेत्रफल बढेको हो ।’