देश/प्रदेश

नुवाकोटमा बस दुर्घटना : २ जनाको मृत्यु

By खबरहब

February 16, 2023

नुवाकोट– नुवाकोटमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

त्रिशुलीबाट खड्गभन्ज्याङ जान लागेको बा २ ख ८४५ नम्बरको बस बिदुर नगरपालिका १२ चैनपुरमा पल्टिएर दुर्घटना भएको हो ।

दुर्घटनामा ३५ जना घाइते भएका प्रहरीले जनाएको छ । घाइतेहरूको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ ।