समाचार

नुवाकोट बस दुर्घटना : मृत्यु हुनेको सख्या तीन पुग्यो, २५ घाइते (अपडेट)

By खबरहब

February 16, 2023

काठमाडौँ – बिहीबार दिउँसो नुवाकोटको चैनपुरमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । दुर्घटनामा परी दुईजनाको घटनास्थलमै मृत्यु भएको र एकजनाको उपचारको लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो। दुर्घटनामा परी २५ जना घाइते भएका छन्।

बट्टारबाट तारकेश्वर गाउँपालिका–१, दाङसिङ जाँदै गरेको बा २ ख ८४५ नंको बस बिहीबार अपराह्न विदुर नपा–१२ चैनपुरमा दुर्घटना भएको थियो ।

मृत्यु हुनेमा तारकेश्वर–६ का ७८ वर्षीय रामप्रसाद अर्याल र अर्यालकै श्रीमती ७२ वर्षीया सीतादेवी र विदुर नपा–३ का ७३ वर्षीय बाबुराम दर्जी नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ४ जनाको अवस्था अत्यान्त गम्भीर रहेकोले काठमाडौं पठाइएको भने बाँकीको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ ।