फाइल फोटो

राजनीति

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

By खबरहब

February 16, 2023

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा), नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । यही फागुन ७ गते शनिबार बस्ने गरी केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको हो ।

विधान अधिवेशनको तयारी, विभिन्न पार्टीसँग भइरहेको एकता प्रयास, समसामयिक राजनीतिलगायतका एजेण्डाहरूमा बैठक केन्द्रित हुने जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा फागुन ७ गते बस्ने उक्त बैठकले राष्ट्रपति चुनावको विषयमा पनि छलफल गर्ने जनाइएको छ । बैठक बिहान ११ बजे सुरु हुने जनाइएको छ ।