फाइल तस्वीर

समाचार

मुम्बइमा चन्द्र भण्डारीको उपचार सुरु, अवस्था स्थिर

By खबरहब

February 16, 2023

काठमाडौं । खाना पकाउने ग्यास सिलिन्डर विस्फोटमा परी घाइते भएको नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको भारतमा उपचार सुरु भएको छ । भारतको मुम्बइमा उपचार सुरु भएको र शुक्रबार बिहान १० बजे र दिउँसो २ बजे शल्यक्रिया हुने तय भएको छ ।

अहिले उनको अवस्था स्थिर रहेको छ । बुधबार राति घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी घाइते भएका थिए । विस्फोटमा घाइते भएकी उनकी आमाको आज बिहान निधन भएको थियो ।