सन् १९९४ को अमेरिका विश्वकप। फुटबल इतिहासमा धेरै अर्थले यो विश्वकपको आफ्नै महत्त्व छ।‘सिम्पली द वेस्ट’ रोमारियोको उत्कृष्ट प्रदर्शन, ब्राजिलले जितेको उपाधि तथा रोबर्टो बाजियोले खेर फालेको पेनाल्टीका कारण सो विश्वकप धेरै चर्चामा छ।
आन्द्रे इस्कोबारको हत्या, डिएगो म्यारोडोना विश्वकपको दौरान डोपिङमा फसेको घटनाका साथमा रोमानियाको सनसनीपूर्ण प्रदर्शन सो विश्वकपका चर्चा योग्य पाटा थिए। रोमानियालाई क्वार्टरफाइनलसम्मको सनसनीपूर्ण यात्रा गराउने नायक जर्ज हाजी अझै त्यस देशको फुटबल इतिहासका बादसाह मानिन्छन्।
उपाधिको दाबेदार मानिएका कोलम्बिया र अर्जेन्टिना रोमानियासँग पराजित भएका थिए। हाजी कार्यकालपछि सन् १९९८ यता रोमानिया अझै विश्वकपमा छनोट भएको छैन। त्यहाँका फुटबल समर्थकले उनलाई अहिले नयाँ अध्यक्षको रूपमा देख्न चाहिँ रहेका छन्।
विश्वकप मात्र होइन सन् २००० यता रोमानिया दुई पटक युरो कपका लागि छनोट भएको छ। कत्तिसम्म भने सन् १९९४ मा रोमानिया क्वार्टरफाइनलमा स्विडेनसँग पेनाल्टी सुट आउटमा पराजित भएर देश फर्केपछि ‘हामी हाजी राष्ट्रपतिको रूपमा देख्न चाहन्छौ।’ भन्ने प्ले कार्डसहित नारा लागेको थियो। त्यसको दुई वर्षपछि रोमानियामा राष्ट्रपति निर्वाचन भएको थियो। उनी उम्मेदवार भएका थिएनन्। धेरैले उनका नाम कलमले लेखेर मत दिएका थिए।
सन् २००१ गालतासारेबाट खेलेर उनले व्यवसायी जीवनको अन्त्य गरेका थिए। त्यस बीचमा उनले रियल म्याड्रिड र बार्सीलोनाबाट खेले। १ सय २४ अन्तर्राष्ट्रिय खेल खेलेका खेलेका उनले ३५ गोल गरेका थिए। उनलाई ‘कारपथियान्स’को म्यारोडोना पनि भनिन्थ्यो। सन् १९९४ मा उनी बालोन डी अवार्ड पुरस्कार सुचीमा चौंथो स्थानमा थिए। पेलेले उनलाई सन् २००४ मा जीवित खेलाडीमध्ये १ सय २५ औं उत्कृष्टको सूचीमा समावेश गरेका थिए।
सन्यास पछिको एक महिनामा नै उनले मेनेजरको व्यवस्थापकको जिम्मेवारी सम्हालेका थिए। उनको कामको सुरुवात नै खराब बनेको थियो। स्लोभानियासँगको प्ले अफ खेलमा पराजित भएपछि सन् १९८६ पछि पहिलो पटक रोमानियाले विश्वकपको यात्रा गुमाएको थियो।
खेल जीवनमा भने हाजी आफले अस्वाभाविक निर्णय गर्ने गरेका थिए। केही सानदार पास र नसोचिएको स्थानबाट गोल पोस्टमा प्रहार गर्ने उनको अचम्मको खुबी थियो। ‘व्यक्तिगत रूपमा भन्दा मेरो बल माथिको नियन्त्रण राम्रो थियो। साथमा म छरितो थिए’, हाजीले भने, ‘म सन् १९७० को नेदरल्यान्ड्स फुटबल र टोटल फुटबलको सेरोफेरोमा हुर्किएको हुँ। जोन क्रुफ मेरा आदर्श हुन्। मैले जीवनमा १० नम्बरको जर्सी लगाएँ। मैले बुझेको यसको मतलब गोलका अवसर सिर्जना गर्ने या आफै गोल भर्ने भन्ने हो’, उनकै अनुभवमा संसारका दुई नामी क्लब रियल म्याड्रिड र बार्सिलोना रहँदा १० नम्बर जर्सी पाउने चानचुने थिएन।
मेनेजरको भूमिकामा सोचको भन्दा फरक अवस्था आए पनि अहिले परिस्थिति फेरिएको छ। ५८ वर्षका उनी फारुल कोन्सटानाका मुख्य प्रशिक्षक तथा क्लबका मालिक हुन्। सोही क्लब त्यहाँ अहिले उपाधिको मुख्य दाबेदार मानिन्छ। गालतासारे, बोरसापोर्स र स्टेउ बुखारेस्टमा जिम्मेवारी सम्हाली सकेपछि उनले ब्ल्याक सिको तटीय क्षेत्रमा रहेको कोन्सटनाको आफ्नै घरमा फर्किएर नयाँ चुनौती र जिम्मेवारी स्वीकार गरेका हुन्।
उनले त्यहाँ एकेडेमीको सुरुवात गरे। आफैले लगानी पनि गरे र केही रकम अन्य स्थानबाट सहयोग पनि मागे। रोमानियालाई फेरि फुटबलको मानचित्रमा संसारभर चिनाउनका खातिर उनले १० मिलियन डलर लगानी गरेका थिए। प्रशिक्षण समयमा रमाइरहेका उनी अहिले पनि ड्रिब्लीङ कला, मास्टर क्लास फ्रिकीक र उत्कृष्ट पासको नमूना आफ्ना शिष्यलाई देखाउने गरेका छन्। विगतको उनको साख हेर्ने हो भने उनलाई रोमानिया फुटबलको राजा नै मान्दा हुन्छ।
उनले एकेडेमीको सुरुवात गर्दा देशभरबाट दुई सय जना बालक आइपुगेका थिए। एक सय जना त कर्मचारी नै थिए। एकेडेमीले तेस्रो दर्जाको क्लब भिटोरुल कोन्सटानाको रूपमा व्यावसायिक यात्रा गरेको थियो। सन् २०१७ मा सोही क्लब माथिल्लो श्रेणीमा पुगेको थियो। सन् २०१७ मा उनको टोलीले रोमानीयन कप पनि जित्न सफल भयो। सन् २०२१ मा सो टोली फारुअल कोन्सटानासँग मर्ज भएको थियो। त्यसै कोन्सटानाबाट हाजीको यात्राको सुरुवात भएको थियो।
हाजीले खेल जीवनमा कमाएको अधिक पैसा त्यसै एकेडेमीमा लगाएका छन्। युरोपमै सबै भन्दा युवाको टोलीको रूपमा रहेको सो क्लबमा हाजीले १४ वर्षको उमेरमा डेब्यु गरेका थिए। एकेडेमीका केही उत्पादन अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभाव जमाउँदै आयाक्स, फियोरेन्टिना, ब्रीङटन र रेन्जर्समा पुगेका छन्। उनको टोलीको आधा उत्पादनले राष्ट्रिय टोलीको आधा भन्दा बढी हिस्सा ओगटेका छन्। धेरै टोलीले युवा टोलीमा त्यो प्रभाव अझ धेरै छ।
हाजीकै छोरा २४ वर्षीय लानीस अहिले रेन्जर्समा छन्। पहिले उनी फियोरेन्टिना र जीन्कमा खेली सकेका थिए। तर, त्यहाँ उनले चोटसँग सङ्घर्ष गरिरहेका छन्। सन् १९९० मा टोटनहाम र न्यु क्यासलले हाजीलाई आबद्ध गराउन खोजेका थिए। सन् १९९४ मा क्रुफ र बार्सिलोना त्यसै यात्रामा थिए। तर, गालतासारे ठूलो र महत्त्वाकाङ्क्षी योजनासहित हाजीलाई टोलीमा आबद्ध गराउन सफल भएको थियो।
केभिन केगन उनका आदर्श प्रशिक्षक भए पनि क्रुफले भनेकै कारण उनी बार्सीलोना पुगेका थिए। त्यहाँ उनले १० नम्बरको जर्सी पाउनु चानचुने कुरा थिएन। गालतासारे नै भने रोमानियासँग नजिक थियो। उनीहरूले महादेशीय सफलता पाउनका लागि टोली बनाउन चाहिँ रहेका थिए।
उनले फुटबलमा आफूले बुझेका सबै कुरालाई पुस्तक नै लेखेर प्रस्तुत गरेका छन्। ट्याक्टीस, दर्शन, फुटबललाई हेर्ने शैली लगायत सबै कुरा त्यहाँ उल्लेख गरिएका छन्। उनको जीवनको आफ्नो स्लोगन छ’, म जित्न जन्मिएको हुँ। म यसै कुराबाट सबैलाई प्रेरित गर्न चाहन्छु।’
हाजीको एकेडेमीको लक्ष्य प्रत्येक पहिलो रोजाइको टोलीबाट दुई जनालाई माथि उठाउने हो। त्यहाँ थुप्रै राम्रा प्रशिक्षक भएकोमा हाजीलाई गर्व समेत छ। त्यसै कारण पुरै एकेडेमीका उत्पादन एक से एक छन्। त्यसै कारण त्यो एकेडेमी रोमानियाली फुटबलको एउटा मुख्य आधार बन्ने बाटोमा गइरहेको छ। ब्ल्याकसिटको तटीय क्षेत्रका रहेको तीन लाख बासिन्दाको कोन्सटनाको मूल सहरको बाहिर पट्टी एकेडेमी अवस्थित छ।
अहिले एकेडेमी रहेको भन्दा चार गुणा बढी जग्गा लिएर हाजीले २० हजार क्षमताको रङ्गशाला निर्माणको योजना बनाएका छन्। यसका लागि रोमानिया सरकारले १ सय मिलियन पाउन्ड खर्च गर्ने भएको छ। सन् २०२५ सम्ममा तयार भइसक्ने अनुमान गरिएका छ। ‘म यही हाइ पुगेको छु, जहाँ जन्मिएँ’, हाजीले भने, ‘यो मेरो स्थान हो। फारुलले मलाई बनाएको हो। म च्याम्पियन बनाउनका लागि काम गरिरहेको छु। मलाई विश्वास छ रोमानियाको फुटबल विकासमा यो महत्त्वपूर्ण हुने छ।’
अन्तिममा उनको कथन छ, ‘जिन्दगी भनेकै ठूलो सपना लिने हो। त्यसैका लागि काम गर्ने हो।’अहिले संसार नै त्यस एकेडेमीको उत्पादन हेरिरहेको छ। जुन एकेडेमी सन् १९९० को दशकको त्यो मास्टर क्लास मिडफिल्डरको जीवनसँग जोडिएको छ। स्रोत : बीबीसी